चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद दिन घरदैलो अभियान सुरु गरेका छन्।
वाम गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीकाअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट सुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुँदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा पुगेर समापन हुनेछ।
त्यसैगरी बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हुँदै केन्द्रीय बस टर्मिनलमा पुगेर अभियान समापन हुँदैछ। संयोजक सुवेदीका अनुसार गाडी नरोकीकनै प्रचण्डको गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ।
मतदातालाई सडकमा नै गाडीमाथिबाट उनले धन्यवाद दिइरहेका छन्। सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर प्रचण्डलाई स्वागत गरेका छन्। प्रचण्डले राप्रपा(प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गरेका थिए। प्रचण्डले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए।रासस