PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

यू-१६ इस्टर्न रिजन क्रिकेट : हङकङ विरुद्व नेपाल ४ विकेटले विजयी



पहिलोपोस्ट

यू-१६ इस्टर्न रिजन क्रिकेट : हङकङ विरुद्व नेपाल ४ विकेटले विजयी

काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ।

हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। जितपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ए मा पहिलो स्थानमा छ।

नेपालको जितमा तृत राज दासले सर्वाधिक २७ रन बनाए। यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसींले ११ रन जोडे। सुनिल भण्डारी ११ रनमा नटआउट रहे।

पाँचौ विकेटका लागि तृपराज र राजनले २७ रनको साझेदारी गरेका थिए। हङकङका नसरुल्ला रानाले ३ विकेट लिए।

त्यसअघि टेर्डथाई क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको हो।

नेपाली बलरहरुको कसिलो बलिङ सामु खुलेर खेल्न नसकेको हङकङका लागि आयन शरद सेट्टीले सर्वाधिक २४ रन बनाए। यस्तै कलहान चल्लुले १६ तथा आरुस भगवतले १२ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा नेपालका प्रतिस जिसीले ३, अजय कुमार लोनियाले २ तथा नारायण जोशी र निखिल कुमार सिंहले १-१ विकेट लिए। नेपाली बलरले कूल १० ओभर मेडल फालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell