PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

जनताले जिताए रेशमलाई, प्रहरी तात्यो समात्न



सविन ढकाल

जनताले जिताए रेशमलाई, प्रहरी तात्यो समात्न

काठमाडौं : आफ्नो चुनावी क्षेत्र कैलाली क्षेत्र नम्बर १ मा खुलेर उपस्थितसमेत नभएका रेशम चौधरीको जित धेरैका लागि अप्रत्यासित बन्यो। आफ्नो फरार सूचीमा रहेका चौधरीको जित नेपाल प्रहरीका लागि चित खुवाउने बन्यो। प्रतिनिधि सभाको उम्मेदवार दर्तादेखि जितसम्म उनी आफ्नो 'रोहरवर'मै चले। चुनाव प्रचार प्रसारमा समेत सहभागी भएनन्। भिडियो च्याट र फोनबाट नै कार्यकर्ता परिचनाल गरे। अभौतिकरुपमा चुनावी मैदानमा उत्रेका उनी प्रतिनिधि सभा निर्वाचनमा २० हजार मतान्तर विजयी भए। 

सोमवार सम्पन्न मत गणनामा चौधरीले राष्ट्रिय जनता पार्टी नेपालबाट ३४ हजार ३ सय ४१ मत ल्याए। उनका प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत मात्र प्राप्त गरिन्। 

मंगलवार विहान कैलालीमा उनको अनुपस्थितिमै विजय जुलससमेत निस्कियो। कसैले पनि चौधरीलाई देखेनन्। विजेता चौधरी जितको प्रमाणपत्र लिन आउलान् र समातौला भन्दै प्रहरीले सुरक्षा तैनाथी बढायो। प्रहरी प्रधान कार्यालय नक्सालले पनि चौधरीलाई कहीँ कतै देखे पक्राउ गर्ने निर्देशन दिइसकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले निर्वाचित चौधरी फरार अभियुक्त भएकाले पक्राउ गर्ने तयारी भएको स्वीकार गरे।

२०७२ साल भदैमा कैलालीको टीकापुरमा भएको आन्दोलनमा अञ्चल प्रहरी प्रमुखसहित सात प्रहरी र एक बालकको मारिए। घटनामा चौधरीलाई मुख्य योजनाकार रहेको प्रहरीले बताएपछि उनी फरार रहँदै आएका छन्। घटनामा संलग्न केही अझै पनि जेलमा छन्।

रेशम चौधरीको मत ट्रेन्ड कस्तो थियो हेर्न यहाँ क्लिक गर्नुस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell