PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ



पहिलोपोस्ट

न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ
फोटो श्रोतः cnn.com

न्युयोर्क :  न्युयोर्कमा सोमबार बिहान भएको विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। 

ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले विस्फोटमा संलग्न भएको भरपर्दो प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ। 

पक्राउ पर्नेमा अकायाद उल्लाह छन्। उल्लाह केही वर्षदेखि अमेरिका बस्दै आएका थिए।अमेरिकामा बिगतका केही वर्षयतादेखि ट्याक्सी चालकको रुपमा काम गरिरहेका उनले आफ्नो शरीरमा बम बाँधेर हिँडेको प्रमाण नै प्रहरीले भेटेको जनाएको छ। 

आफ्नो शरीरमा बाँधिएको पाइप बम उनले नै विष्फोट गराएको अनुसन्धानकाक्रममा खुलेको प्रहरीले जनाएको छ। सोमबार बिहान भएको विस्फोटलाई आतङ्ककारी हमला भएको बताइएको छ। 

न्युयोर्क सहरका मेयर बिल दे ब्लासियोले यस घटनालाई एउटा आतङ्ककारी हमलाको प्रयास भएको बताएका छन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell