PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

सिन्धुलीको हरिहरपुरगढीमा स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह सुरु



पहिलोपोस्ट

काठमाडौँ :  सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ। ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ। 

एशियाली विकास बैंक (एडिबी)को दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजनामा एडिबीका साथै नेपाल सरकारले लगानी गरेको थियो। सूर्य र हावाबाट बिजुली उत्पादन गर्न परियोजनामा करिब एक अर्ब ६२ करोड लगानी भएको थियो।

परियोजनाबाट दैनिक ११० किलोवाट बिजुली उत्पादन हुनेछ। उत्पादित बिजुली ८३ घरमा आपूर्ति भइरहेको छ। त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell