PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

रेशमले दिए श्रीमतीलाई वारेसनामा, निर्वाचन कार्यालयद्वारा प्रमाणपत्र दिन आनाकानी



पहिलोपोस्ट

रेशमले दिए श्रीमतीलाई वारेसनामा, निर्वाचन कार्यालयद्वारा प्रमाणपत्र दिन आनाकानी

काठमाडौं : कैलाली जिल्ला क्षेत्र नम्बर एकबाट निर्वाचित राजपाका सचिव रेशम चौधरीले जित हासिल गरे पनि त्यसको प्रमाणपत्र भने पाएका छैनन्। नेपाल प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेको चौधरी भूमिगत रुपमा नै चुनावी प्रतिस्पर्धामा होमिएका थिए। निर्वाचनका सबै  प्रकृयामा वारेसनामामार्फत् सक्रिय रहेका उनी राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभा सांसदमा जित हासिल गर्न सफल भए।  

उनलाई समात्न प्रहरी अलर्ट भइसकेको छ। त्यसैले पनि रेशम बाहिर देखिएका छैनन्। यतिसम्म कि उनले आफ्नै विजय जुलुसमा समेत भाग लिएनन्। 

‘प्रहरीका कारण प्रमाणपत्र लिन गएको छैन,' पहिलोपोस्टसँग कुराकानी गर्दै चौधरीले भने, 'श्रीमती (रंजिता श्रेष्ठ)लाई वारेसनामा दिएर पठाएको छु। तर, निर्वाचन अधिकारीले आनाकानी गरेका छन्।’

यता निर्वाचन अधिकृत खिमानन्द रेग्मीले फरार सूचीमा रहेका व्यक्तिको वारेसलाई प्रमाणपत्र दिने कि नदिने विषयमा ऐनमा नरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell