PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

मधेशवादी दलसँग ठूलो भाग खोज्दा २ नम्बरमा कांग्रेस एमालेभन्दा पछाडि



पहिलोपोस्ट

मधेशवादी दलसँग ठूलो भाग खोज्दा २ नम्बरमा कांग्रेस एमालेभन्दा पछाडि

काठमाडौं : प्रदेश नम्बर दुईमा नेपाली कांग्रेसले मधेशी दलसँग सहकार्य नगरेको फाइदा एमालेलाई भएको छ। मधेश आन्दोलनताका एमाले त्यसको कटू आलोचक थियो र मधेशवादी दल पनि एमालेप्रति आक्रमक देखिएका थिए। तर, प्रदेश सभाको निर्वाचनमा दुई मधेशवादी दल पछि तेस्रो बढी सिट एमालेले पाएको छ। देशका ६ वटा प्रदेशमा एमाले पहिलो स्थानमा छ। 

मधेशको मुद्दामा लचकता अपनाउँदै आएको कांग्रेस यहाँका प्रदेश सभा निर्वाचनमा तालमेलकै कारण पछाडि पर्यो। कांग्रेसले मधेशमा आधारित दलहरुसँग बढी सिट माग गरेकाले चुनावी एकता भएन जसको परिणाम प्रतिनिधि सभा र प्रदेश सभा दुवैतिर भोग्न वाध्य भयो।

दुई नम्बर प्रदेशको प्रदेश सभाको प्रत्यक्ष तर्फको कूल ६४ सिट मध्ये एमालेले १३ सिट ल्याएर तेस्रो स्थान हासिल गर्यो। जबकि कांग्रेसले जम्मा आठ सिटमा चित्त बुझाउनु पर्यो। माओवादी केन्द्र भने कांग्रेस भन्दा एक सिट कम अर्थात् सात सिट ल्याएर पाँचौ दल बनेको छ।

दुई नम्बर प्रदेश सभामा संघीय समाजवादी फोरम नेपाल पहिलो शक्ति बनेको छ। फोरमले २० सिट हात पारेको छ भने राजपा दोस्रो बनेको छ। राजपाले १५ वटा क्षेत्र जितेको छ।

प्रतिनिधि सभामा भने दुई नम्बरबाट राजपा पहिलो शक्ति बनेको छ भने फोरम दोस्रो रहेको छ।

कांग्रेस र मधेशी दलहरुबीच तालमेल नहुँदाको प्रत्यक्ष फाइदा वाम गठबन्धनलाई भएको छ। कांग्रेस र मधेशी दलको तालमेल भएको भए परिणाम फरक आउने थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell