बैतडी : बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमाले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएको छ।
यसैगरी नेपाली कांग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।
यस्तै, प्रदेशसभा क्षेत्र नं १ मा पनि एमालेले सबैभन्दा बढी नौ हजार ८७३ मत प्राप्त गरेको छ। कांग्रेसले नौ हजार ६६९, माओवादी केन्द्रले ६ हजार ८१४, राप्रपाले एक हजार ९७८ र विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको छ।रासस