.png)
काठमाडौं : प्रतिनिधि सभाको अन्तिम मत परिणामका क्रममा शून्य स्थानमा लिड गरिरहेको नेपाली कांग्रेसले डा अमरेशकुमार सिंहको अग्रतासँगै एक स्थानमा अग्रता हासिल गरेको छ।
सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टीका राकेश कुमार मिश्रको लामो समयदेखिको अग्रतालाई रोक्दै सिंह अगाडि बढेका हुन्। अमरेशले पछिल्लो मत परिणामअनुसार २३ हजार ४० मत हासिल गरेका छन्। मिश्रले २१ हजार ८ सय ५५ मत ल्याएका छन्। यसअघिको मत परिणाममा मिश्रले अमरेशकुमार सिंहलाई पछि पार्दै आएका थिए।