
पोखरा : नेपाली कांग्रेस र वाम गठबन्धनबीचको विवादका कारण ढिलो मतगणना सुरु भएको स्याङ्जामा क्षेत्र नम्वर २ को प्रदेशसभा १ बाट वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका मोहनप्रसाद रेग्मी विजयी भएका छन्।
रेग्मी ३ हजार ४७३ मतान्तरले विजयी भएका हुन्। रेग्मी १६ हजार ६ सय १३ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विष्णु पौडेलले १३ हजार १ सय ४० मत ल्याएका छन्।
यस अघि क्षेत्रनम्वर १ को १ र २ बाट गठबन्धनका दीपक थापा र मीनप्रसाद गुरुङ विजयी भइसकेका छन्।