काठमाडौं: फिल्म 'पिंजडा ब्याक अगेन'को ट्रेलर रिलिज भयो। मंगलबार फिल्म युनिटले कार्यक्रम आयोजना गरी फिल्मको अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरेको हो। फिल्मका मुख्य अभिनेता निखिल उप्रेती ट्रेलरको केन्द्रमा छन्। उनको एक्शन र रोमान्टिक दुबै अवतार ट्रेलरमा समावेश छ।
हिमाल केसी निर्देशित फिल्ममा मौनता श्रेष्ठको कथा रहेको छ। निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोला सापकोटा, कुसाग्र भट्टराई, बीना थापा लगायतको अभिनय रहेको छ।
निखिलको डेब्यु फिल्म 'पिंजडा'को सिक्वेल भनिएको फिल्म माघ ४ गते रिलिज हुँदैछ।