PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

जेनेभामा सिरियाबारे शान्तिवार्ता हुँदै



पहिलोपोस्ट

जेनेभामा सिरियाबारे शान्तिवार्ता हुँदै
फोटो श्रोतः Reuters

स्वीट्जरल्याण्ड : सिरियाको द्वन्द्वका विषयमा स्वीट्जरल्याण्डको जेनेभामा शान्ति वार्ता हुने भएको छ। सिरियाली सरकारका तर्फबाट शान्तिवार्ताको टोली सोमबार जनेभा पुगेको छ। वार्ता डिसेम्बर ५ मा हुने भनिएको थियो। तर पछि स्थगित हुन पुगेको बताइएको थियो। 

स्थगित शान्तिवार्तामा सहभागिता जनाउन सिरियाली सरकारी टोली सोमबार जेनेभा पुगेकोले मङ्गलबार पुनः वार्ता सुरु हुने बस्ने तयारी भइरहेको बताइएको छ। 

सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत स्टेफेन डे मिस्टुराले सो कुराको जानकारी दिएका हुन्। संयुक्त राष्ट्रसङ्घले वार्ताको अगुवाई गरेको थियो। 

डे मिस्टुराले वार्ता सुरु हुनुपूर्व जेनेभामा सिरियाली द्वन्द्वरत पक्ष र सरकारी गरी दुई पक्षबीच देखिएको आपसी विश्वासको कमीका बारेमा आवश्यक छलफल हुने बताएका थिए। 

सिरियामा गएका विभिन्न समयमा युद्धविराम भएका थिए। तर अहिले भने युद्धविरामको अवस्था कायम छैन। तर निकै नै लामो समयसम्म पनि सिरियाका बारेमा वार्ता भने सुरु हुन सकेको थिएन । 

बिगतमा कैयौँ पटक सम्म शान्ति वार्ताको अगुवाई अमेरिका र रसियाले गरेका थिए। तर सिरियाली विपक्षीहरुले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको थिएन। 

सिरियामा सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। 

हाल त्यहाँ गृहयुद्ध जारी छ। सो समयदेखि हालसम्म जारी हिंसा तथा द्वन्द्वमा परी चार लाख भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell