PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

कांग्रेसद्वारा तनहुँका पाँच केन्द्रमा पुनः मतदानको माग, फर्जी मत मिसाइएको दाबी



पहिलोपोस्ट

कांग्रेसद्वारा तनहुँका पाँच केन्द्रमा पुनः मतदानको माग, फर्जी मत मिसाइएको दाबी

काठमाडौँ : नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर दुईको प्रदेश १ मा पुनः मतदान गर्न माग गरेको छ।

 कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ती जारी गरी विभिन्न बुथका पाँचवटा बाकसमा जम्मा खसेको मत दुई हजार ३२८ भनी मुचुल्का गरिएकामा मतगणनापछि जम्मा सदर तथा बदर मत सङ्ख्या दुई हजार ३७० देखिएको घटनाले फर्जी मत मिसाइएको तथ्य स्वतः स्पष्ट भएको उल्लेख गरेका छन्। 

विज्ञप्तीमा भनिएको छ,‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण कडीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा संलग्न कर्मचारीको प्रत्यक्ष संलग्नता र निर्वाचन अधिकृतको संरक्षणमा गरिएको उक्त धाँधलीयुक्त मतगणनाको परिणामलाई नेपाली काँग्रेस अस्वीकार गर्दछ।’

विधि र प्रक्रिया विपरीत धाँधलीपूर्ण तरिकाले ४२ मत बढी देखाएर गरिएको अवैधानिक मतगणना र घोषित परिणामलाई बदर गरी उल्लिखित अन्तिम चरणमा मतगणना गरिएका अमरज्योति मावि ग्यारसिं, जनजुक्त शाही मावि (क), जनजौकुमारी शाही आधारभूत विद्यालय (क) म्याग्दे ७, व्यास–५ को उदय मावि ठूलोटार (ख) र म्याग्दे–४ को मीन मावि समेतका पाँचवटा मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरी स्वच्छ र निष्पक्ष निर्वाचनको प्रत्याभूति प्रदान गर्न कांग्रेसले माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell