PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

'अस्कर' विदेशी भाषा विधाका लागि ९ फिल्म चयन हुने, के होला सेतो सूर्य?



पहिलोपोस्ट

'अस्कर' विदेशी भाषा विधाका लागि ९ फिल्म चयन हुने, के होला सेतो सूर्य?

यो साता अस्करको विदेशी भाषा विधातर्फको लागि ९ फिल्महरु चयन हुँदैछन्। नेपालबाट फिल्म 'सेतो सूर्य' उक्त विधाको उपाधीका लागि प्रतिस्पर्धामा छ। ९२ फरक भाषाको फिल्महरुबाट के नेपाली भाषाको फिल्म 'सेतो सूर्य' छानिएला?

अस्कर भोटिङ क्याम्पेन लक्षित गरी फिल्म युनिटले प्रचार प्रसारको काम देश विदेशमा तिव्र बनाएको छ। नेपालमा एक वर्ष पछि गत शुक्रबारबाट फिल्म पुन: प्रदर्शन समेत भयो। यस्तोमा फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्म हालसालै स्याटलाइट फिल्म अवार्डको लागि पनि मनोनित भएको छ। के फिल्म अवार्ड नजिक पुग्ने सम्भावना सहित उत्कृष्ट ९ मा समावेश हुन सक्ला त?

बलिउड अवार्ड विश्लेषक स्कट फेइनवर्गले नेपाली फिल्म 'सेतो सूर्य'लाई पनि अस्कर विजेता सम्भावित फिल्मको सूचीमा राखेका थिए। बलिउड रिपोर्टरको लागि स्कटले गरेको विश्लेषणमा स्विजर्ल्यान्डको फिल्म द डिभाइन अर्डर, फिनल्यान्डको फिल्म टम अफ फिनल्यान्ड, थाइल्यान्डको फिल्म बाइ द टाइम इट गेट्स डार्क पनि सूचीमा छन्।

त्यस्तै सोमबार सिड्नी बजले पनि सम्भावित विजेताको सूचीमा २० फिल्मको नाम सार्वजनिक गर्योन। जसमा सेतो सूर्य १३ ‍औं नम्बरमा रहेको छ। फिल्म बारे लेखिएको छ,'देशको संक्रमणकालको अवस्थालाई पटकथामा उत्कृष्ट ढङ्गमा प्रसतुत गरिएको छ। फिल्मले नेपालको राजनीतिक इतिहासको कथा भन्छ।'

सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्यलाई दीपक रौनियारले लेखन तथा निर्देशन गरेका हुन्। सोसियो पोलिटिकल ड्राममा दयाहाङ राई, रबिन्द्र सिंह बानिया, लगायतको अभिनय रहेको छ। ८८ मिनेट लामो फिल्म सेतो सूर्यले फ्रिवर्ग फिल्म अवार्डमा मात्र ४ विधामा अवार्ड हात पारेको थियो। यस्तै पाल्म स्प्रिङ फिल्म महोत्सवमा ग्रान्ड जुरी अवार्ड, भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म र बेस्ट गरी दुई अवार्ड र सिंगापूर फिल्म फेस्टिभलमा बेस्ट एसियन फिल्म अवार्ड हात पारेको थियो।

सेतो सूर्यको सहभागिता रहने ९०औं संस्करणको अस्कर २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८ को ४ मार्चना सक्किनेछ। अन्तिम कार्यक्रम क्लालिफोर्नियामा हुनेछ। सकारात्मक समिक्षा र प्रतिक्रिया पाइरहेको फिल्म उत्कृष्ट ९ मा पर्छ या पर्दैन यो यही साता सार्वजनिक हुने नतिजाले बताउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell