PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ अब ४ स्थानको नतिजा आउन बाँकी



पहिलोपोस्ट

प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ अब ४ स्थानको नतिजा आउन बाँकी

काठमाडौं : मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रतिनिधि र प्रदेश सभा दुवै तर्फ समान चार स्थानको  नतिजा आउन बाँकी छ।

प्रतितिनिध सभामा १६५ निर्वाचन ंक्षेत्र रहेका मध्ये १६१ स्थानको नतिजा आइसकेको छ भने प्रदेशतर्फ ३२६ को मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभातर्फ अब कैलाली २, सुनसरी ३ तथा स्याङ्जा १ र २ को नतिजा आउन बाँकी छ। 

प्रतिनिधिसभा सदस्यमा ५ महिला तथा प्रदेशसभा सदस्यतर्फ १७ महिला सदस्य निर्वाचित भएका छन्।
 

हालसम्म प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका ७७, नेकपा माओवादी केन्द्रका ३६, नेपाली कांग्रेसका २२, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। यसैगरी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चाका र राष्ट्रिय प्रजातन्त्र पार्टीका १-१ प्रतिनिधि तथा स्वतन्त्रबाट १ जना निर्वाचित भएका छन्।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ। पछिल्लो विवरण अनुसार, नेकपा एमालेले १४ लाख ३५ हजार ५७३ मत, नेपाली काँग्रेसले १३ लाख ४८ हजार ७१२, नेकपा(माओवादी केन्द्रले ५ लाख ६९ हजार ६५५, संघीय समाजवादी फोरम, नेपालले १ लाख २८ हजार ९९०, राष्ट्रिय जनता पार्टी ८८ हजार १७७, विवेकशील साझा पार्टीले ८५ हजार ९९५, राष्ट्रिय जनता पार्टी नेपाल ८२ हजार ४२४, नयाँ शक्ति पार्टी, नेपालले ४५ हजार ७१५, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले २९ हजार ८२० र राष्ट्रिय जनमोर्चाले २९ हजार ५९६ र अन्य दलले १ लाख २० हजार ४६७ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell