PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा हुन्छः माधव नेपाल



पहिलोपोस्ट

निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा हुन्छः माधव नेपाल

काठमाडौँ :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब छिट्टै आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबीच एकता हुने बताएका छन्। 

साँखुमा आयोजित सभामा नेता नेपालले मतपरिणामको अन्तिम विवरण आएपछि एकताको प्रक्रिया सुरु गरिने बताए। 

नेपालले त्यस क्षेत्रका जनतालाई दुबै पार्टी एकता हँदैन कि भनेर आशङ्का नगर्न आग्रह गर्दै निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा गरिने प्रतिवद्धता व्यक्त गरे। 

उनले मुलुकमा संक्रमणकालको अन्त्य भएको उल्लेख गर्दै अब पूर्वाधार विकास तथा निर्माणका माध्यमबाट देशमा आर्थिक समृद्धिका कार्यलाई अगाडि बढाइने स्पष्ट पारे। 

काठमाडौँ क्षेत्र नम्बर दुईबाट निर्वाचित भएका नेपालले साँखुको ऐतिहासिक महत्वलाई प्रवद्र्धन गर्ने तथा त्यस क्षेत्रका सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता जनाए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell