काठमाडौं: स्याङजा २ प्रतिनिधिसभा तर्फको मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ एमालेकी पद्माकुमारी अर्यालभन्दा १ हजार ४७४ मतले पछि परेका छन्।
निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठकाअनुसार ५६ हजार २१९ मत गणना गरिसक्दा एमालेकी अर्यालले २७ हजार ६३१ र श्रेष्ठले २६ हजार १५७ मत पाएका छन्।
१३ हजार भन्दा बढी मत गन्न बाँकी रहेकोले राति १० बजेसम्ममा परिणाम आउनसक्ने निर्वाचन अधिकृत श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए।