.jpg)
काठमाण्डौं : सिएमएस छैटौ सिएमएस फाल्डो सिरिज नेपाल गल्फ च्याम्पियनसिपको दोस्रो दिन डिफेण्डिङ च्याम्पियन शुक्र बहादुर राई प्तिमा शेर्पाले अग्ता कायमै राखेका छा।
पुरुषतर्फ राईले दोस्रो दिनको समाप्तीमा ७ स्ट्रोकको अग्रतासहित उपाधी जित्ने सम्भावनालाई बलियो बनाएका छन्।
अन्डर २१ तर्फ मङगलबार ३ ओभर ७५ अंक जोडेका शुक्रले समग्रमा ७ ओभर १५१ अंकका साथ शीर्ष स्थानमा छन्।
अन्तिम १८ होलको खेल बाकी छदा शुक्रले बिपिन तामाङलाई ७ स्ट्रोकले पछि पारेका हुन्।
७ ओभर ७९ अंक जोडी समग्रमा १५८ अंकका साथ बिपिन तामाङ दोस्रो स्थानमा छन् भने ९ ओभर ८१ अंक जोडी समग्रमामा १६८ अंक बनाएका सुरेश तामाङ तेस्रो स्थानमा छन्।
छात्रातर्फ २२ स्ट्रोकको फराकिलो अग्रतासहित प्रतिमा शेर्पा उपाधीको निकै नजिक पुगेकी छिन्। उनले १ ओभर ७३ को नतिजाकासाथ समग्रमा १० ओभर १५४ अंक जोडेकी छिन्। प्रतिमाले कसमिरा शाहलाई २२ स्ट्रोकले पछि पार्न सफल भएकी छिन। कसमिराले ८६ अंक जोड्दा समग्रमा १७६ अंकका साथ दोस्रो र जुनि गुरूङ समग्रमा १९३ अंककासहित तेस्रो स्थानमा रहेका छन।
अन्डर १६ तर्फ सुबास घिसिङ ५ ओभर ७६ अंकसहित समग्रमा १५६ अंकका साथ शीर्ष स्थानमा उक्लेका छन्। भारतीय खेलाडी मोनिष शाह १६० अंककासाथ दोस्रो र रितेश तामाङ १६१ अंक सहित तोस्रो स्थानमा छन्।
४ छात्रा सहित २३ जुनियर खेलाडीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम १८ होलको खेल बुधबार हुनेछ। नेपाल गल्फ संघ र गोकर्ण फरेष्ट रिसोर्टद्वारा आयोजित ३ दिने प्रतियोगिताको तीनै विधाको विजेता भियतनाममा आगामी मार्चम हुने फाल्डो सिरिज एसिया फाइनलमा छनौट हुनेछन्। साथै यही प्रतियोगिताबाट १० खेलाडी छनौटगरी बन्द प्रशिक्षणमा राखिनेछ। खेलाडीहरूलाई राष्ट्रिय प्रशिक्षक तथा गल्फ संघका सल्लाहकार किम बाल्डवीनले प्रशिक्षण दिनेछन्।