PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

साफ च्याम्पियनसिप २०१८ सेप्टेम्वरमा हुने



पहिलोपोस्ट

साफ च्याम्पियनसिप २०१८ सेप्टेम्वरमा हुने

काठमाडौं : २०१७ को डिसेम्वरमा गर्ने तय भएको १२औँ साफ च्याम्पियनसिप फुटबल २०१८ सेप्टेम्वरमा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने साफ फुटबल अब २०१८ सेप्टेम्वर ४ देखि १५ सम्म बंगलादेशको ढाकामा हुने अखिल नेपाल फुटल संघ (एन्फा)ले जनाएको छ।

भारतमा २०१५ मा भएको साफ च्याम्पियनसिप पछि १२औँ संस्करण २०१७ को डिसेम्वरमा बंगलादेशमा गर्ने २०१६ मै निर्णय गरिएको थियो। तर पछि मिति सारिएको हो।

बंगलादेशमा साफ च्याम्पियनसिप हुन लागेको यो तेस्रो पटक हो। यसअघि बंगलादेशले २००३ र २००९ मा पनि साफ च्याम्पियनसिप आयोजना गरेको थियो।

अहिलेसम्म भारतले सर्वाधिक ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। नेपाल भने फाइनलसम्म पनि पुग्न सकेको छैन। नेपाल १९९३ र १९९७ मा तेस्रो भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell