काठमाडौँ: प्रतिनिधिसभा सदस्यतर्फ अन्तिम सदस्यका लागि मतगणना जारी छ। १६५ सदस्यमध्ये १६४ सदस्यको टुंगो लागिसकेको छ। अन्तिम सदस्यका लागि सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा जारी छ।
निकै रोमाञ्चक प्रतिस्पर्धामा अहिले कांग्रेस उम्मेदवार गच्छदारले अग्रता कायम गरेको छ। उनले ५१९ मतको अग्रता बनाएका छन्।
मतगणनाको सुरुदेखि अग्रता बनाएकी चौधरी अन्तिम समयमा पछि परेकी छिन्। चौधरीले ३५ हजार ५६१ मत पाएकी छन्। गच्छदारले ३६ हजार ८० मत पाएका छन्।