PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

चितवन: चितवनको रत्ननगरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–६ को सेन्टरपार्क नजिकै ना ४० प ६७२९ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार १८ वर्षकी ईनु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक र पैदल यात्री दुवै जना घाइते भएका छन्। घाइते सुशन गुरुङ र किशोर महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell