PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

प्रदेशसभाका ३३० क्षेत्रको नतिजा सार्वजनिक, एमाले पहिलो, माओवादी दोस्रो, कांग्रेस तेस्रो



पहिलोपोस्ट

प्रदेशसभाका ३३० क्षेत्रको नतिजा सार्वजनिक, एमाले पहिलो, माओवादी दोस्रो, कांग्रेस तेस्रो

काठमाडौँ: प्रदेशसभा सदस्य निर्वाचनतर्फ ३३० क्षेत्रकै अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार प्रदेशसभा निर्वाचनमा कुल सिटमध्ये एमालेले १६८ सिटमा जित हासिल गरेको छ। प्रदेश २ बाहेक सवै प्रदेशमा प्रत्यक्षमा एमाले पहिलो दल बनेको छ।

दोस्रोमा माओवादीले ७३ र तेस्रो भएको कांग्रेसको ४१ सिट छ। संघीय समाजवादी फोरम २४ सिटसहित चौथो र राजपा १६  सिटसहित पाँचौँ स्थानमा छन्।  


प्रदेश १

प्रदेश १ मा एमाले ३६, माओवादी १०, कांग्रेस ८, संघीय समाजवादी फोरम १ र अन्यको १ सिट छ।

प्रदेश २

प्रदेश २ मा फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ तथा अन्यले १ सिटमा जित हासिल गरेका छन्।

प्रदेश ३

प्रदेश ३ मा पनि एमाले पहिलो भएको छ। एमाले ४२, माओवादी १५, कांग्रेस ७, र अन्य २ स्थानमा विजयी भएका छन्।

प्रदेश ४

प्रदेश ४ मा पनि एमाले नै पहिलो भएको छ। एमाले १७, माओवादी ९, कांग्रेस ६, जनमोर्चा २ र अन्य २ स्थानमा विजयी भएका छन्।

प्रदेश ५

प्रदेश ५ मा एमाले २८, माओवादी १४, कांग्रेस ७ र संघीय समाजवादी फोरम ३ सिटमा विजयी भएको छ।

प्रदेश ६

प्रदेश ६ मा एमाले १४, माओवादी ९, कांग्रेस १ क्षेत्रमा विजयी भएको छ। प्रदेश ६ मा कांग्रेसबाट हुम्ला ख’मा पूर्वमन्त्री जीवनबहादुर शाहीले मात्र जित हासिल गरेका हुन्।

प्रदेश ७

प्रदेश ७ मा एमाले १७, माओवादी १०, कांग्रेस ४ र राष्ट्रिय जनता पार्टी नेपाल १ सिटमा विजयी भएको छ।

नतिजाको विस्तृत जानकारी http://chunab.pahilopost.com मा पाउन सक्नुहुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell