PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सरकारी जागिरको अवसरः ३९० शाखा अधिकृतका लागि दरखास्त आह्वान

सरकारी जागिरको अवसरः ३९० शाखा अधिकृतका लागि दरखास्त आह्वान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: लोकसेवा आयोगले ३९० राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)का लागि विज्ञापन गरेको छ। आयोगले बुधबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। 

खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्ति हुनेछ।

आयोगको सूचना अनुसार खुलातर्फ २०६ जनाको कोटा निर्धारित छ। समावेशी रुपमा महिला ५९, आदिवासी/जनजाति ५२ का लागि दरखास्त आह्वान गरेको हो। यस्तै, मधेशीतर्फ ३९, दलित १८, अपाङ्गता भएका व्यक्तिका लागि ९ र पिछडिएको क्षेत्रका लागि ७ कोटा निर्धारण गरिएको छ। 
पुस १८ सम्म दरखास्त फाराम बुझाउनु पर्नेछ। दोब्बर दस्तुरमा पुस २५ गतेसम्म दरखास्त दिन सकिनेछ।


ट्रेन्डिङ पोस्ट

Ncell