PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रतिनिधि सभाका १६५ क्षेत्रको नतिजा सार्वजनिक एमाले ८०, माओवादी ३६, कांग्रेस २३ स्थानमा विजयी



पहिलोपोस्ट

प्रतिनिधि सभाका १६५ क्षेत्रको नतिजा सार्वजनिक एमाले ८०, माओवादी ३६, कांग्रेस २३ स्थानमा विजयी

काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ १६५ वटै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। नेपाली कांग्रेसका विजय गच्छदाले एमालेका भगवती चौधरीलाई सुनसरी  ३ मा पराजित गरेपछि १६५ वटै क्षेत्रको नतिजा आएको हो।

बुधबार सम्पन्न भएको मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा कायम १६५ मध्ये एमालेले सर्वाधिक ८० सिटमा जित हासिल गरेको छ ।

यस्तै माओवादी केन्द्रले ३६ तथा नेपाली कांग्रेसले २३ सिटमा विजय हासिल गरेको छ।

यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ११ तथा संघि समाजवादी फोरम नेपालले १० सिट जितेका छन्। बाँकी ५ मध्ये नयाँ शक्ति नेपाल, राष्ट्रिय जनमोर्चा (राजमो), राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई), नेमाल मजदुर किसान पार्टी (नेमकिपा) ले १-१ स्थानमा विजय हासिल गर्दा स्वतन्त्रले एक स्थानमा जित हात पारेको छ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले ११७ स्थानमा जित हासिल गर्दा कांऊरेस र साना केही दल मेलर बनेको लोकतान्त्रिक गठबन्धनले २५ सिट मात्र जितेको छ। यस्तै दुई वटा मधेशवादील दलले कूल २१ सिट जितेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell