PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

अमेरिकामा नेपाली फिल्म 'फिर्के' चल्ने



पहिलोपोस्ट

अमेरिकामा नेपाली फिल्म 'फिर्के' चल्ने

काठमाडौँ : नेपालमा पुस २१ गते रिलीज हुने नेपाली फिल्म 'फिर्के' अमेरिकामा पनि चल्ने भएको छ।

अमेरिकामा फिल्म रिलिज गर्नका लागि निर्माण कम्पनी एसएमएस फिल्म्स प्राली र अमेरिकामा प्रदर्शनको लागि लक्षिन फाउण्डेशनकाबीच सम्झौता भएको चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकरले बताएका छन्।

फाउण्डेशनका अध्यक्ष लक्षिन गुरुङले आगामी फेब्रुअरीबाट अमेरिकाका विभिन्न स्टेटहरुमा चलचित्र प्रदर्शन गरिने बताए।

नेपाल प्रदर्शन भएपछि अन्य केहि मुलुकहरुमा समेत 'फिर्के' प्रदर्शन हुने बताईएको छ। यो फिल्म ‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको हो जसलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन्।

गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ। ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यो चलचित्रका निर्माता ओमलाल गुरुङ र राजेश श्रेष्ठ हुन्। चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ। अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell