PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

जनतासँग गरिएका वाचा वाम गठबन्धनले पूरा गर्छः सुवास नेम्वाङ



पहिलोपोस्ट

जनतासँग गरिएका वाचा वाम गठबन्धनले पूरा गर्छः सुवास नेम्वाङ

इलाम :  नेकपा एमालेका नेता सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन्। मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा नेम्वाङले जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्ने बताए।

उनले भने,‘तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्वाचन जितेका हौँ, तपाईंहरूले विकास चाहनुभएको छ, हामी त्यो पूरा गरेरै छाड्छौँ।’
नेम्वाङले इलामको २ नं क्षेत्र कर्णाली जस्तै अविकसित रहेको र अब त्यसको विकास गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell