PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

दाङमा प्रत्यक्षमा पराजय भोगेको कांग्रेस समानुपातिकतर्फ बन्यो पहिलो 



पहिलोपोस्ट

दाङमा प्रत्यक्षमा पराजय भोगेको कांग्रेस समानुपातिकतर्फ बन्यो पहिलो 

दाङ :  निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली कांग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने दाङमा सबैभन्दा बढी मत प्राप्त भएको छ। 

तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको कांग्रेस क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा विजयी हुनुका साथै समानुपातिकतर्फ जिल्लामा पहिलो पार्टी भएको छ। 

मत परिणामअनुसार प्रतिनिधिसभातर्फ दाङमा नेपाली कांग्रेसलाई ७३ हजार ९९३ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजय कार्कीले जानकारी दिए। 

उनका अनुसार दोस्रोमा रहेको नेकपा एमालेले ७३ हजार ११ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ४३ हजार १९५ मत मात्रै प्राप्त भएको प्रमुख कार्कीले बताए। 

त्यस्तै, प्रदेशसभा सदस्यमा कांग्रेसले ६९ हजार ६५, एमालेले ६५ हजार १६७ र माओवादी केन्द्रले ४६ हजार ८१७ मत प्राप्त गरेका छन्। जिल्लामा समानुपातिकतर्फ ९।५९ प्रतिशत मत बदर भएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell