
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म समानुपातिकतर्फको ५५ प्रतिशत मतगणना सकिएको छ। अहिलेसम्म सार्वजनिक गरिएको मतपरिणाम अनुसार नेकपा एमाले अगाडि देखिएको छ।
समानुपातितर्फ नेकपा एमालेले २१ लाख १५ हजार ९३८ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। २० लाख ३० हजार ९७५ मतसहित कांग्रेस दोस्रो स्थानमा छ।
नेकपा माओवादी केन्द्र ८ लाख १७ हजार १ मतसहित तेस्रो स्थानमा रहेको छ। यस्तै संघीय समाजवादी फोरम नेपालले २ लाख ७० हजार ५२७ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले २ लाख १२ हजार ११३ मत पाएको छ।
१ लाख ४१ हजार ५५४ मत राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा छ भने १ लाख ३६ हजार १५४ मत विवेकशील साझा पार्टीले पाएको छ।
यस्तै नयाँ शक्ति पार्टी नोपालले ५८ हजार ८६९ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४७ हजार ९२ मत प्राप्त गरेको छ।
राष्ट्रिय जनमोर्चाले ३५ हजार ६४५ मत पाएको छ भने अन्यले २ लाख ७ हजार ३९१ मत पाएका छन्।