PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

इरानमा दोस्रो दिनपनि भूकम्पको धक्का, ७३ जना घाइते



पहिलोपोस्ट

इरानमा दोस्रो दिनपनि भूकम्पको धक्का, ७३ जना घाइते
फोटो श्रोतः rferl.org

तेहरान :  इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसो र बुधबार बिहान भूकम्प गएको छ। 

मङ्गलबार दिउँसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको हो। 

स्थानीय समयानुसार मङ्गलबार मध्यान्ह १२ः१३ बजे गएको भूकम्पमा परी १८ जना घाइते भएका थिए। 

त्यसैगरी बुधबार गएको भूकम्पमा परी ५५ जना घाइते भएका सरकारद्वारा सञ्चालित आइआरआइबि टेलभिजन च्यानलले जनाइएको छ। 

यी दुबै भूकम्पको केन्द्रविन्दु होजाक सहरमा भएपनि मङ्गलबार गएको भूकम्पको पराकम्पन नभएर बैग्लै भूकम्प भएको भूगर्भशास्त्रीले जनाएका छन्। 

यो दुबै भूकम्पबाट हालसम्म मानवीय र भौतिक सम्पत्तिको क्षतिको भने विवरण प्राप्त नभएको जनाइएको छ। भूकम्पको धक्कापछि यहाँको जनजीवन निकै प्रभावित भएको छ।

भूकम्पपछि होजाक र क्रेमन सहरमा विद्यालयमा बन्द भएका छन्। भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत तथा खानेपानी सेवा अवरुद्ध भएको आइआरएनएले बताएको छ। 

इरानमा दुई महिनामात्र अघि आएको शक्तिशाली भूकम्पबाट ठूलो मानवीय क्षति भएको थियो।रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell