PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

रोहितको कीर्तिमानी दोहोरो शतक



पहिलोपोस्ट

रोहितको कीर्तिमानी दोहोरो शतक

भारतीय क्रिकेट खेलाडी रोहित शर्माले वान डे क्रिकेट इतिहासमा तेस्रो दोहोरो शतक प्रहार गरेका छन्।

उनले बुधबार श्रीलंका विरुद्व मोहालीमा नटआउट २०८ रन प्रहार गर्दै यस्तो दुर्लभ सफलता हासिल गरेका हुन्। रोहितकै दोहोरो शतक मद्दतमा भारतले सेकेण्ड वान डे मा श्रीलंका विरुद्व ३९२ रन रन बनाएको थियो।

१५३ बल खेलेका रोहितले १३ चौका तथा १२ छक्का समेत प्रहार गरे।

अहिलेसम्म रोहित बाहेक विरेन्द्र सेहवाग, सचिन तेन्दुलकर, मार्टिन गुप्टिल र क्रिस गेलले मात्र १-१ दोहोरो शतक बनाएका छन्।

नियमित कप्तान विराट कोहलीलाई रेस्ट दिइएपछि भारतको कप्तानी समेत रोहितले नै सम्हालिरहेका छन्।

रोहितले यसअघि २०१३ मा अष्ट्रेलिया विरुद्व तथा २०१४ मा श्रीलंका विरुद्ध नै दोहोरो शतक प्रहार गरेका थिए।

उनले श्रीलंका विरुद् बनाएको २६४ रन वान डे क्रिकेटमा कुनै खेलाडीले एकै इनिङ्समा बनाएको सर्वाधिक स्कोर समेत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell