PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

फेसबुकमार्फत साथी बनाएर लाखौं ठगी गर्ने तुलबहादुर पक्राउ



पहिलोपोस्ट

फेसबुकमार्फत साथी बनाएर लाखौं ठगी गर्ने तुलबहादुर पक्राउ

काठमाडौ :  फेसबुकमार्फत सम्वन्ध बढाइ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक माङ्खा ७ स्थायी घरभर्इ भक्तपुरको च्याम्हासिंह वस्ने ३३ वर्षीय तुलबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। 

कसरी गरे तामाङले ठगी ?
तामाङले संखुवासभा माकल गाउँपालिका ५ की मनकला गुरुङलाई फेसबुकमार्फत सम्पर्क बढाए। यो सम्वन्ध केही समयपछि विवाहमा परिणत भयो।  त्यसपछि तामाङले मनकला गुरुङको नातेदार राजेश गुरुङ र कैलास गुरुङलाई यूएस आर्मीमा जागिर लगाईदिन्छु भन्दै प्रलोभनमा पार्न सुरु गरे।  प्रलोभनमा परि दुबै जनाले आइएमईमार्फत तामाङको खातामा २१ लाख रुपैयाँ जम्मा गरिदिए।

पैसा खातामा आएपछि तामाङ सम्पर्कविहीन भएका थिए।  तामाङले अन्य धेरैलाई यसरी नै ठगी गरेको खुल्न आएको छ। लेवनानमा रोजगारीमा रहेकी सिन्धुपाल्चोक घर भएकी श्रृजना दोङ्गसँग जेभी नामबाट फेसबुक एकाउण्ट चलाई फेसबुक मार्फत साथी बनी नेपाल आएको समयमा भेट गरी अमेरिका डिपेन्डेन्ट भिसामा लैजाने भन्दै ९ लाख लिइ फरार भएका थिए। 

क्यानडा लैजाने भन्दै उनले संजय दोङ र मिम लामासँग पनि १३ लाख रुपैयाँ लिएको अनुसन्धानमा देखिएको छ। तामाङले धेरैसँग फेसबुक मार्फत ठगी गरेको देखिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell