काठमाडौँ : तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर फिल्म 'मिस्टर भर्जिन' बन्ने भएको छ। बुधवार एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको फिल्ममा गौरब पहारी, बिजय बराल र कमलमणि नेपाल मुख्य तीन पात्रका रुपमा रहेने छन्।
वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिबयूसन प्रालीको ब्यानरमा बन्ने फिल्मलाई डेब्यू निर्देशक विशारद बस्नेतले निर्देशन गर्दैछन्। फिल्ममा गौरब, बिजय र कमलमणिका अलावा मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय रहनेछ।
चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ।
फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताका रुपमा सन्दिप उप्रेती र मनिष खत्री रहेका छन्।
मंसिर २९ गतेबाट छायांकन सुरु हुने फिल्म आगामी बैशाखको अन्तिम साता प्रर्दशन हुने फिल्म युनिटले जनाएको छ।