PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

फिलिपिन्सको दक्षिणी प्रान्त मिन्दानाओमा सैनिक शासनको अवधि थप



पहिलोपोस्ट

फिलिपिन्सको दक्षिणी प्रान्त मिन्दानाओमा सैनिक शासनको अवधि थप

मनिला: फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानुनको अवधि थप एक वर्षका लागि थपिएको छ।

उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्को एक वर्ष सो सैनिक कानुन जारी राख्नुपर्ने भन्दै उक्त कानून बुधबारको संसद बैठकमा प्रस्तुत गरिएको थियो।

यसैसँगै फिलिपिन्समा राष्ट्रपति रोड्रिगो डुटेर्तेको अर्को जित भएको रूपमा उनका समर्थकहरूले लिएका छन्। एक वर्षभन्दा लामो समयदेखि संसदमा चर्चामा रहेको यो कानुन बुधबार पुनः एक वर्षका लागि थप भएको छ।

सो क्षेत्रमा जारी रहेको यस कानुनको अवधि अगामी डिसेम्बर ३१ सम्म रहेको थियो। अब उक्त मितिबाट अर्को वर्षको डिसेम्बरसम्मका लागि थप भएको छ।

आगामी सन् २०१८ को डिसेम्बरसम्मका लागि उक्त कानुन लम्ब्याउन संसदमा अनुरोध गर्दै राष्ट्रपति डुटेर्तेले संसदसँग आग्रह गरेका थिए।

राष्ट्रपतिको यस आग्रहको विद्रोही तथा संसदका विपक्षी दलहरूले विरोध पनि गर्दै आएका थिए।

यस कानुनलाई सिनेट, प्रतिनिधिसभा दुवैले पारित गरेको छ। यस कानुन पारित गर्नका लागि संसदमा भएको मतदानमा २४७ जना सांसदले पक्षमा र २७ ले विपक्षमा मतदान गरेका थिए।  

करिब दुई करोड व्यक्तिको बसोबास रहेको यस मिन्दानाओ प्रान्तको दक्षिणी शहर मराबी सशस्त्र इस्लामिक आतङ्ककारीहरूले कब्जा गर्दै आएका थिए। विद्रोहीको कब्जामा रहेको उक्त शहरलाई पछि सरकारले सैनिक कारबाहीमार्फत फिर्ता गरेको थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell