PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

दरबारमार्गस्थित क्लव डेजाभुमा तोडफोड



पहिलोपोस्ट

दरबारमार्गस्थित क्लव डेजाभुमा तोडफोड

काठमाडौं: दरबारमार्गस्थित क्लव डेजाभुमा बुधबार राति तोडफोड भएको छ। अन्तर्राष्ट्रिय डिजे 'मार्समेलो' आउने भनेर क्वलले केही समयदेखि टिकट विक्री गरे पनि मार्समेलो नआएको कारणले आक्रोशित समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ।

तोडफोडका कारण क्वलको अधिकांश भागमा क्षति पुगेको छ। क्वलले मार्समेलोको शो'को लागि ५ हजार रुपैयाँमा एउटा टिकट विक्री गरेको थियो। बुधबार क्लवमा ३ हजारभन्दा बढी मानिसले टिकट लिएको बुझिएको छ। 

कार्यक्रम ६१ लाइभ नामक संस्थाले आयोजना गरेको थियो। मार्समेलो नआउने जानकारी बिहान ३ बजेसम्म नदिएपछि दर्शक आक्रमक प्रस्तुत भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell