PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

गस्ती निस्केका म्यादी प्रहरीको लडेर मृत्यु



पहिलोपोस्ट

दार्चुला: डियुटीमा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ । 

नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। 

नौगाडकै दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा बुधबार पनखायातिर गस्ती गएका बेला टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा लडेर मृत्यु भएको शाहीले जनाए। 

शव परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell