PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

बलिउड निर्देशक एवं कलाकार निरज वोराको निधन



पहिलोपोस्ट

बलिउड निर्देशक एवं कलाकार निरज वोराको निधन

बलिउड लेखक, निर्देशक एवं अभिनेता निरज वोराको निधन भएको छ। एक वर्षदेखि कोमामा रहेका उनको ५४ वर्षको उमेरमा निधन भएको हो।

उनको शरीरको विभिन्न अङ्गले काम गर्न छोडेको आउटलुक म्यागजिनमा जनाइएको छ। चार दिन यता शारीरिक समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। बिहान क्रिटिकेयर अस्पताल मुम्बईमा उनले अन्तिम श्वास फेरेका हुन्। विहीबार दिउसो ३ बजे सान्ताक्रज वेस्टमा अन्तिम संस्कार गरिने जनाइएको छ।

वोराले कम्पनी, मन, बादशाह, पुकार, सत्य लगायत फिल्ममा अभिनय गरेका छन्। फिल्म हेरा फेरी लेखेका वोराले फिर हेरा फेरी र चाची ४२० निर्देशन समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell