PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

प्रधान सेनापति खुल्ला म्याराथन माघ २७ मा हुने



पहिलोपोस्ट

प्रधान सेनापति खुल्ला म्याराथन माघ २७ मा हुने

काठमाडौं : प्रधानसेनापति तेस्रो खुल्ला म्याराथन आगामी माघ २७ गते आयोजना हुने भएको छ।

नेपाली सेना र आम नागरिकबीचको सम्बन्ध सुधार बनाउनका साथै खेलकुदको विकासमा टेवा पूर्‍याउन म्याराथनको आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत नेपाली सेनाले जानकारी गराएको हो। महाशिवरात्री र सेना दिवसको अवसर पारेर म्याराथनका गर्न लागिएको हो।

म्याराथनमा ४२.१९५ किमी फुल म्याराथनसँगै २१ किमिको हाफ म्याराथन, १० किमि दौड तथा ५ किमि र दौड र वाकाथन समावेश छन्।

फुल म्याराथनमा पुरुष धावकहरु मात्र दौडनेछन्। नेपालमा म्राथन दौडने महिला धावक मा रहकोले महिलालाई यस विधामा समावेश गर्न नसकिएको सैनिक शारिरीक तथा तालिम केन्द्रका प्रकाश राज थापाले बताए। 'हामीले महिलाको पनि म्याराथन गर्न खोझेका हौँ। तर नेपालमा एकदमै कम महिला म्याराथन धावक छन्। भविष्यमा महिलालाई पनि फुल म्याराथनमा सहभागिता लागि प्रयानस गर्नेछौँ।'

थापाले पुरुष खुल्ला म्यार्थनमा ५ सय धावकको सहभागिता अपेक्षा गरेको र सबै इभेन्टमा गरी ४ हजारले सहभागिता जनाउने बताए।

हाफ म्याराथनतर्फ पुरुष- महिला ४५ वर्ष माथि र ४५ वर्ष मुनीको विधा समावेश छ। यस्तै १० किमीतर्फ विदेशी, विदेशी सैनिक, सैनिक सहचारीहरु र सैनिक अधिकारीहरुले सहभागिता जनाउन पाउनेछन्।

सबै इभेन्टको दौडहरु निक मन्च टुडिखेलबाट सुरु हुनेछ र टुडिखेलमै पुगेर सकिनेछ। पुरुष खुल्ला म्याराथन टुडिखेलबाटसुरु भई, त्रिपुरेश्वर, थापाथली, माइतिघर, बानेश्वर, तिनकुने, जडिबुटी, ठिमी, सल्लाघारी, जकाती, पूरानो ठिमी, पेप्सीकोला हुँदै फेरी जडिबुटी पुगेर तिनकुने, सिनामंगल, गौशाला, चावहिल,  सुकेधारा, नारायण गोपाल चोक, टिचिङ, लाजिम्पाट, उत्तर ढोका, नक्साल हुँदै टुडिखेल पुगेर सकिनेछ।

म्याराथनको विजेताले नगद १ लाख तथा उपविजेताले ५० हजार पाउनेछन्। दोस्रो देखि छैटौँ सम्मले क्रमश: २५ हजार, १५ हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन्।

यस्तै हाफ म्याराथनतर्फ ४५ वर्ष मुनीका विजेताले समान २५ हजार तथा ४५ वर्ष माथिकाले समान १५ हजार पाउनेछन्।

म्याराथनमा सहभागिता जनाउनको लागि यही पुस २ देखि माघ १९ गतेसम्म नाम दर्ता गर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell