PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

फिल्म 'पञ्चेबाजा'को लोकभाका 'घिनघिन मादल'



पहिलोपोस्ट

फिल्म 'पञ्चेबाजा'को लोकभाका 'घिनघिन मादल'

काठमाडौं: फिल्म 'पञ्चेबाजा'को 'घिनघिन मादल' बोलको लोकभाका सार्वजनिक भएको छ। गीत भिडियोसहित विहीबार इन्टरनेट रिलिज भएको हो।

सार्वजनिक गीतमा अञ्जु पन्त र डेभिड शंकरमो आवाज रहेको छ। प्रदिप भारद्वाजको शब्द र विकास चौधरीको संगीत रहेको गीतको भिडियोमा सौगात मल्ल, बुद्धी तामाङ, जस्मिन श्रेष्ठ र सिर्जना सुब्बाको फिचरिङ रहेको छ। हरिलाल घलेले खिचेको भिडियोमा कविराज गहतराजको निर्देशन रहेको छ। 

फिल्म फागुन ११ गते रिलिज हुँदैछ।

न्यू भेनस फिल्मसको ब्यानरमा बनेको फिल्मलाई राजेश शाहीले निर्माण गरेका हुन्। त्यस्तै फिल्ममा प्रदीप भारद्वाजको कथा/पटकथा/संवाद रहेको छ भने कालिप्रसाद बाँस्कोटा/विकास चौधरीले संगीत दिएका छन्। सौगात मल्ल, कर्मा, सिर्जना सुब्बा, बुद्धी तामाङ, बिमला गिरी, सबिन बास्तोला, तेज गिरी, प्रमिला तुलाचन, जस्मिन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell