PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिप : बंगलादेशमाथि नेपालको शानदार जित



पहिलोपोस्ट

ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिप : बंगलादेशमाथि नेपालको शानदार जित

काठमाडौं : बिपिन पौडेललको ४ विकेट तथा डिगम चेम्जोङको नटआउट ३५ रनको मद्दतमा नेपालले ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिपमा बंगलादेशलाई ९ विकेटले पारजित गरेको छ।

बिहिबारदेखि टीयू ग्राउण्डमा सुरु भएको च्याम्पियनसिपमा नेपालले बंगलादेशले दिएको ७८ रनको लक्ष्य १३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि डिगम चेम्जोङले ३५ रन बनाए। उनले ४६ बल खेलेर ३ चौका समेत प्रहार गरे। यस्तै नवीन राईले १६ रन बनाए भने जंग बहादुर रुचाल ११ रनमा नटआउट रहे। बंगलादेशका मोहम्मद राजोन हशुसेनले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो।

बंगलादेशका लागि मोहम्मद रिपोन उद्दिनले सर्वाधिक १८ तथा साजद होसेन र मोहम्मद मोइदुल इस्लामले समान १६ रन बनाए। नेपालका लागि बिपिन पौडेलले ४ ओभरमा २ मेडन राख्दै ११ रन खर्चेर ४ विकेट लिए।

यस्तै ४ ओभर बलिङ गरेका याम बहादुर श्रेष्ठले २ मेडन राख्दै २ रन मात्र दिएर २ विकेट झारे। बंगलादेशका ३ खेलाडी रनआउट भए।

च्याम्पियनसिपअन्तर्गत शुक्रबार भारत र बंगलादेश तथा नेपाल र भारतबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell