PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

बिकिनी प्रस्तुतिसहित 'रोमियो एण्ड मुना'को पोस्टर रिलिज



पहिलोपोस्ट

बिकिनी प्रस्तुतिसहित 'रोमियो एण्ड मुना'को पोस्टर रिलिज

काठमाडौं: नेपाली फिल्म निर्माण युनिटले प्रचारका लागि नयाँ नयाँ अस्तु प्रयोग गर्न थालेका छन्। कहिले बडिगार्डसहित कलाकारको उपस्थिति त कहिले फिल्मकै लुक्ससहितको प्रस्तुति। यस्तैमा फिल्म 'रोमियो एण्ड मुना' युनिटले पनि पब्लिसिटी स्टन्टको लागि नयाँ अस्तु प्रयोग गर्‍यो।

फिल्मको फस्ट लुक र 'स्यान्डविच मी' बोलको गीत रिलिज कार्यक्रममा अभिनेता विनय श्रेष्ठ दुई बिकिनी मोडलसँग इन्ट्री गरे।

र सार्वजनिक हुने गीतमा नाचे पनि। इन्ट्रीपछि विनयले भने,'गीतको भिडियो थिम बुझाउन खोजिएको हो।' गीतको भिडियोमा अभिनेता विनयसँग अमेरिकी मोडल सायरा लोरेनको मुख्य फिचरिङ रहेको छ।



विहीबारनै रिलिज पोस्टरमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ छन्। नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुना फागुन ११ गते रिलिज हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell