PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले पराजय भोग्योः प्रकाशमान सिंह



पहिलोपोस्ट

पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले पराजय भोग्योः प्रकाशमान सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताएका छन्। 

नेपाली कांग्रेस, काठमाडौँ क्षेत्र नं १ ले आयोजना कार्यक्रममा सिंहले इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनु दुःखद कुरा भएको बताए। 

उनले भने,‘देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ, अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुपर्छ।’

सिंहले पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले पराजय भोगेको भन्दै भने,‘पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।’

उनले संसद्मा आफ्नो राम्रो सिट नआएको भन्दै सरकार र संसद्ले गरेका राम्रो कामलाई समर्थन गर्दै नराम्रो कामको खबरदारी गरी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell