PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

झापामा भ्यान र मोटरसाइकल ठोक्किंदा एकको मृत्यु, ३ घाइते



पहिलोपोस्ट

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा छन्। 

पूर्वबाट पश्चिमतर्फ गईरहेको बा१०च ९७१८ नम्बरको मारुती भ्यानमा विपरित दिशाबाट आइरहेको मे६प २३३३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो। 

भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु दाहाल, उनकी श्रीमती २८ वर्षीया अञ्जना दाहाल र सोही ठाउँका ३६ वर्षीया गीता कार्की घाइते भएका छन्। घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell