PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रदेश ४ को समानुपातिक सिटः एमालेलाई १०, थ्रेसहोल्ड कटाए पनि विवेकशील र राप्रपाले पाएनन् सिट



पहिलोपोस्ट

प्रदेश ४ को समानुपातिक सिटः एमालेलाई १०, थ्रेसहोल्ड कटाए पनि विवेकशील र राप्रपाले पाएनन् सिट

काठमाडौँः समानुपातिक मतगणनातर्फ प्रदेश नम्बर ४ को पनि अन्तिम मतपरिणाम सार्वजिक भएको छ। प्रदेश ४ मा पनि एमाले अग्रस्थानमा रहेको छ। सिट संख्यामा भने कांग्रेसभन्दा एमाले एक सिटमात्र अघि छ। 

प्रदेश सभामा प्रतिनिधित्वका लागि कटाउनु पर्ने एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि विवेकशील साझा र राप्रपाले सिट नपाउने देखिएको छ। 

प्रदेश ४ मा एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ। कांग्रेसले ३ लाख ६४ हजार ७९७, माओवादीले १ लाख १९ हजार ५२८ मत पाएको छ। नयाँ शक्तिले २४ हजार ६२५, राष्ट्रिय जनमोर्चाले १९ हजार ३७६ मत पाएका छन्। अन्य दलहरुले ५४ हजार ९२२ मत पाएका छन्। 

प्रदेश सभा सदस्य निर्वाचन ऐनले तोकेको एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाउने दल ७ वटा भएका छन्। तर, मत विभाजक सुत्रका अनुसार राप्रपा र विवेकशील साझा पार्टीले सिट पाउने छैनन्। तोकिएको थ्रेसहोल्डभन्दा न्युनतम एक सिट पाउनका लागि बढी मत आवश्यक भएको छ।
सुत्रअनुसार प्रदेश ४ का २४ सिटमा एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्र ३, जनमोर्चा १ र नयाँ शक्तिले १ सिट पाउनेछन्।
 
प्रदेश ४ मा प्रत्यक्षमा एमालेले १७, माअोवादीले ९, कांग्रेस ६ र अन्यले चार सिटमा जित हासिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell