
काठमाडौँ: समानुपातिक मततर्फ प्रदेश ५ मा नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले समानुपातिकतर्फ ५ लाख २ हजार ४८३ मत पाएको छ। यस्तै, एमालेले ४ लाख ९८ हजार ६१२, माओवादी केन्द्रले २ लाख २३ हजार ६२४, संघीय समाजवादी फोरमले ७६ हजार ७७७, राजपाले ५३ हजार ३६८ र अन्य दलहरुले १ लाख ५२ हजार ३३० मत पाएका छन्।
प्रदेश सभा सदस्य निर्वाचनले तोकेको एक दशमलव ५ प्रतिशतको थ्रेसहोल्ड ६ दलले कटाएका छन्। ६ वटै दलले समानुपातिकमा सिट पाएका छन्।
समानुपातिक सिट बाँडफाँटको मत विभाजक सूत्रका अनुसार कांग्रेसले सवैभन्दा बढी १३ सिट पाएको छ। यस्तै, एमालेले १२, माओवादीले ६, संघीय समाजवादीले २ सिट पाउँनेछन्। राजपा र राप्रपाले एक/एक सिट पाउनेछन्।
प्रदेश ५ मा प्रदेश सभा ८७ सदस्यीय हुने संवैधानिक प्रावधान छ। प्रत्यक्षमा एमालेले २८, माअोवादी १४, कांग्रेस ७ र संघीय समाजवादी फोरमले ३ सिटमा जित हासिल गरेका छन्। सरकार बनाउन प्रदेश ५ मा ४४ सिट अावश्यक पर्छ। जहाँ वाम गठबन्धनले दुई तिहाइ सिट हासिल गरेका छन्।