PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

फ्राइडे रिलिज: दुई नेपाली र तीन विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: दुई नेपाली र तीन विदेशी फिल्म पर्दामा

काठमाडौं: दुई सातापछि नयाँ नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म 'गोरे' र 'माइ लभ' रिलिज भएका हुन्।

फिल्म क्रियशन नेपालको निर्माणमा बनेको 'माइ लभ'लाई जापानी निर्देशक डाक्टर तोसीअकी इतो निर्देशन गरेका हुन्। जापानी कलाकारहरुको युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायतको अभिनय रहेको छ। गौरी शंकर धुजुले खिचेको फिल्ममा भुकम्पको बेलामा संयमित हुने, पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानिसहरु र सबैमा माया प्रेम कसरी प्रकट गर्ने जस्ता विषय फिल्ममा रहेको छ।

भुकम्प पछि काठमाडौं महानगरभित्र देखिएको अस्तव्यस्तलाई फिल्ममा देखाइएको जानकारी दिइएको छ। फिल्म माइ लभमा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ।

फिल्म 'गोरे'लाई रामेश राईले निर्देशन गरेका हुन्। फिल्ममा दिलिप रायमाझी, अनु शाह, राकेश कुमार राई, गुनु घर्ति लगायतका कलाकारको अभिनय रहेको छ। सुर्य जिसिको प्रस्तुती एवं रुपा जिसिको निर्माण रहेको फिल्मलाई हरिनारायण चौधरीले छायांकन गरेका हुन्। त्यस्तै कथा तथा पटकथा लेखन भने शंकर अधिकारी घायलको रहेको छ।

बलिउडतर्फ भने तेलुगु फिल्म 'डिजे डेन्जरस जानबाज'को हिन्दी प्रदर्शनमा ल्याइयो। अल्लु अर्जुन स्टारर फिल्ममा पुजा हेग्डे, मुरली शर्मा, पोषाणी कृष्ण मुरली लगायतको अभिनय रहेको छ। फिल्ममा हरिश शर्माको लेखन तथा निर्देशन रहेको छ।

हलिउडतर्फ फिल्म 'फर्डिनान्ड' र 'स्टार वार्स: द लास्ट जेडी' नेपाल रिलिज भएका छन्। अमेरिकन कमेडी ड्रामा फर्डिनान्डलाई कार्लोस सलडन्हाले निर्देशन गरेका हुन्। एनिमेटेड फिल्म बाल उपन्यासमाथि बनेको हो।

त्यस्तै 'स्टार वार्स: द लास्ट जेडी' स्टार वार्सको ८ औं संस्करण हो। अमेरिकन एपिक स्पेस ओपेरा फिल्मलाई रियान जोनसोनले निर्देशन गरेका हुन्। फिल्ममा मार्क हामिल, क्यारी फिसर, एडम ड्राइभर, जोन बोयगा लगायतको अभिनय रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell