
एकेडेमी अफ मोसन पिक्चर्स आर्ट एण्ड साइन्सले नेपाली जुरीले छानेको फिल्म 'सेतो सूर्य'लाई आगामी प्रतिस्पर्धाको लागि चयन गरेन।
अस्कर अवार्डको विदेशी भाषा विधातर्फको लागि ९ फिल्महरु छानिएका हुन्। जसबाट नेपाली फिल्म 'सेतो सूर्य' बाहिरिएको छ।
९२ फरक भाषाको फिल्महरुमध्यबाट चयन भएका फिल्म सूची यस्तो छ:
अ फ्यानटास्टिक वुमन- चिली
इन द फेड- जर्मनी
अन बडी एण्ड साउल- हंगेरी
द स्क्वायर- स्विडेन
द इन्सल्ट- लेबनन
फेलिसाइट- सेनेगल
लभलेस- रसिया
द वाउन्ड- साउथ अफ्रिका
फक्सट्रट- इजरायल
हालै स्याटलाइट फिल्म अवार्डको लागि मनोनित सेतो सूर्य अस्करका लागि भने अगाडी जान सकेन। फिल्म नेपालमा पुन प्रदर्शन भैरहेको छ। भएको छ। अस्करको विदेशी भाषातर्फको विजेतालाई मार्च ४ मा आयोजना हुने समारोहमा अवार्ड प्रदान गरिनेछ।