PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

रसुवामा पाँच करोडको चिज उत्पादन



पहिलोपोस्ट

रसुवामा पाँच करोडको चिज उत्पादन

रसुवा :  रसुवाको गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा पाँच करोड रुपैयाँ भन्दा बढीको चिज उत्पादन भएको छ। 

दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र ११ हजार ४१४ किलो मखन उत्पादन भएको छ। विगत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुँदै गएको छ। 

गत वैशाखदेखि कात्तिक १५ गतेसम्ममा पाँच करोड ९० लाख ४७ हजार बराबरको चिज उत्पादन भएको छ। उपभोक्ताको माग बढ्दै गएको छ।

लाङटाङमा उत्पादित चिज स्थानीयस्तरमै खपत हुन्छ। अन्य क्षेत्रको चिज काठमाडौँस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारण लैनचौरमार्फत बिक्री–वितरण हुने गरेको चन्दनबारी केन्द्रका प्रमुख क्षेत्रबहादुर तामाङले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell