PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

क्रिकेटर बास्कोटासहित ७ जनालाई ठगी मुद्दामा अनुसन्धान



पहिलोपोस्ट

क्रिकेटर बास्कोटासहित ७ जनालाई ठगी मुद्दामा अनुसन्धान

काठमाडौः क्लव डेजाभु संचालकसहित किक्रटर पृथु बास्कोटासहित ७ जनालाई प्रहरीले ठगीको आरोपमा अनुसन्धान अघि बढाएको छ। शुक्रवार दिउँसो काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उनीहरु सबैलाई उपस्थित गराइएको हो।

क्लब डेजाभुमा बुधवार भएको घटनालाई लिएर महानगरीय अपराध महाशाखाले पृथु बास्कोटासहित राजु महर्जन, रितेश मारवाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने लगायतका पक्राउ गरेको थियो। 

'महँगो मूल्यमा टिकट बिक्री गरेर ठगी गरेको देखियो। त्यसैले ठगीमा अनुसन्धान गरिरहेका छौँ,' एक प्रहरी अधिकृतले पहिलोपोस्टसँग भने। क्लबले अमेरिकी डिजे मार्समेलो ल्याउने भन्दै ग्राहकसँग महँगो रकम असुलेको तर नल्याएका कारण राति आक्रोशित समूहले क्लबमा तोडफोड गरेको थियो। 

मार्समेलोको परिचय अज्ञात छ। उनी सार्वजनिक रुपमा सँधै अनुहार लुक्ने गरी हेल्मेट लगाएर देखिने गर्छन्। क्लबले अन्तर्राष्ट्रिय चर्चित डिजे मार्समेलो ल्याउने भन्दै ३ हजारदेखि ७ हजार रुपैयाँसम्ममा टिकट बिक्री गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। 

क्लब डेजाभुमा आउने भनिएका डिजे मार्समेलो केही दिन अगाडि नेपाल आएर होटल द्वारिकाजमा बसेका खुल्न आएको छ। मार्समेलोले आफू अस्वस्थ भएका कारण क्लबमा नआएको भन्दै ट्वीटरबाट माफी मागेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell