
जेनेभाः विश्व स्वास्थ्य संगठन, (डब्लुएचओ)ले सार्वजनिक गरेको प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे ६ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ।
विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे ६ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ।
मौसमी इन्फ्लुएन्जाका कारण स्वासप्रस्वासजन्य रोगको प्रकोप बढ्ने गरेको र यस्तो रोगबाट वर्षेनी ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको प्रतिवेदनमा जनाइएको छ।
यस्तो इन्फ्लुयन्जा वर्षेनी कैयौँ देशमा महामारीका रुपमा देखापर्ने र यसका कारण धेरै मानिसमा संक्रमण पनि हुने गरेको जनाइएको छ।
यस्तो संक्रमणबाट विशेषगरी विश्वका कम आय तथा स्वास्थ्य सुविधा भएका विश्वका तेस्रो विश्वका मुलुकहरु बढी जोखिममा पर्ने गरेको पाइएको छ।
यसरी इन्फ्लुएन्जाबाट संक्रमित हुनेमा मुटुसम्बन्धी समस्या पनि देखा पर्ने गरेको तथ्य पनि भेटिएको प्रतिवेदनमा पाइएको छ।
वातावरणीय प्रदुषण, फोहोर, स्वस्थ्य खानेपानीको समस्याजस्ता समस्या ती देशमा बढी हुने गरेकोले ती देशका नागरिकहरु नै यस्तो समस्याबाट बढी पीडित हुने गरेका पाइएको जनाइएको छ।
यस्तो समस्याका कारण विशेषत पाँच वर्ष मुनिका बालबालिकामा पनि निमोनिया, बाथ र मुटुको रोगहरु देखापर्ने गरेको पाइएको पनि प्रतिवेदनमा देखाइएको छ।
विश्व स्वास्थ्य संगठनले यो अवस्था अत्यन्तै दुःखद हो भन्दै यस्ता समस्याको समाधानका लागि विश्वका देशहरुले आ–आफ्नो तवरबाट लाग्नुपर्नेमा जोड दिएको छ।
साथै संगठनले यो अवस्थाको निराकरणका लागि विश्वका विभिन्न देशहरुले पनि आ–आफ्नो स्थानबाट लागि परेर काम गर्नुपर्नेमा भन्दै यसका लागि विश्वका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ। रासस/सिन्ह्वा