PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

रक्षामन्त्री प्रधानले भने–निर्वाचनमा कांग्रेसले हारेपनि देशले जितेको छ



पहिलोपोस्ट

रक्षामन्त्री प्रधानले भने–निर्वाचनमा कांग्रेसले हारेपनि देशले जितेको छ

काठमाडौँ :  रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन्। 

शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री प्रधानले  जनताको हक, अधिकार र मुलुकको विकासका लागि सहादत प्राप्त गरेका शहीदहरुको सपना संविधान कार्यान्वयन भएसँगै पूरा हुने बताए।

निर्वाचनमा कांग्रेसले हारेर पनि देशले जितेको भन्दै प्रधानले अब सुशासन कायम गरी मुलुकलाई आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने बताए।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले शहीदले मुलुकको विकास र समृद्धिका लागि देखेको सपना पूरा भए मात्र उनीहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell